श्री माधव-नारायण स्वस्थानी ब्रतकथा

श्री माधव-नारायण स्वस्थानी ब्रतकथा

श्री माधव-नारायण !

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने माधव-नारायण स्वस्थानी ब्रतकथा भोली २०७६/०९/२५,शुक्रबार देखी सुरु हुँदैछ!

यस माधवनारायण स्वस्थानी व्रत साँखु-शालीनदी, भक्तपुर-हनुमानघाट,ललितपुरको ठेचो, मध्यपुर थिमि, बोडे लगायत बिबिन्न नेवार सुमदाय बसोबास रहेको स्थानमा हुने गर्दछ !

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनि विश्वास गरिन्छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । माघ महिनामा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा समाबेस रहेको छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधि अनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । र यसै कथामा आधारित गरेर मध्यपुर थिमि र नगदेश मा पुलुकिसी प्याख: पनि निकालिने गरिन्छ ! यो पुलुकिसी प्याख: थिमिमा भिमा एकादशी को दिन र नगदेशमा द्वादशी को दिन निकालिन्छ !

Source: Cultural Madhyapur Thimi