थिमिको श्री पद्मपाणी लोकेश्वर

थिमिको श्री पद्मपाणी लोकेश्वर

थिमिको श्री पद्मपाणी लोकेश्वर

नेपाल उपत्यकामा रहेका सृष्टिकान्त लोकेश्वर (नाला), रक्तार्यावलोकितेश्वर (रातो मच्छिन्द्रनाथ बुुंगमती) सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर जनबहाल) आदिनाथ लोकेश्वर (चोभार) र दोलखाको मच्छिन्द्रनाथ (बुगदेउ) आदि विभिन्न लोकेश्वर मध्ये थिमिको लोकेश्वर पनि एक महत्वपूर्ण लोकेश्वरको रुपमा मानिन्छ । यस लोकेश्वरलाई थिमिका स्थानीयहरु सिथि द्यः वा लोकना द्यःको नामले पनि सम्बोधन गर्दछन् ।

राजा बलदेले स्थापना गरेको भन्ने अनुमानित वर्ष ११५२ पुरानो भन्ने कुरा अमोघवज्र बज्राचार्यको अष्टोत्तर लोकेश्वरको परिचय भन्ने पुस्तकमा उल्लेख भएको पाइएको छ भने उक्त पुस्तकमा यस करुणामयको बारे चर्चा गरिएको पाइन्छ । त्यस्तै थिमि करुणामयलाई लोकनाथ भनी महारानी गंगादेवी ठाकुरनीको वंशावलीको ताडपत्रमा ने सं ६८५ दँ कार्तिक चौथिको दिनमा करुणामय् स्थापना गरेको हो भन्ने कुरा पनि उल्लेख भएको पाइन्छ ।

थिमिको मरु टोलमा विराजमान यस लोकेश्वरको तिथिअनुसार तछलाथ्व प्रतिपदाका दिन महास्नान गराउने परम्परा रही आएकोछ । सो दिन थिमि स्थिति गुरुजुहरुले विधिपूर्वक पूजा गरी जीवन्यास ९आत्मा निकाल्ने० निकाल्ने काम गरिन्छ भने तामाको ठूलो वरुणकलशमा करुणामयको जीवन्यासलाई राख्ने काम गरिन्छ । तत्पश्चात मन्दिरको प्रधानसंग अनुमति लिई मूल पुजारी र पालो परेका चारजना बज्राचार्य पालाहरुले लोकेश्वरलाई मन्दिरको प्रांगणमा रहेको मण्डपमा राखी चार कुनामा राखिएको तामाको कलश र अन्य पञ्चामृत सहित भरिएको कलशबाट गुरुजुहरुले मन्त्रोउच्चारण गर्दै लोकेश्वरलाई महास्नान गराउने काम सम्पन्न गरिन्छ । महास्नानपछि लोकेश्वरलाई सेतो कपडाले छोपी दिन्छ र सानो खटमा राखी थिमि मै रहेको गार्चास्थित जीस्वां बहालमा लगिन्छ । र सो दिन त्यहाँ सामान्य रुपमा बत्ती दिइ देवतालाई स्वागत गरी अर्को सानो खटमा विराजमान गराइन्छ । तृतीयाका दिन लँपु छायेगु अर्थात पुनः रंगरोगन गर्ने कार्य शुभारम्भ हुन्छ । दिनभरीमा रंगरोगन कार्य सम्पन्न भएपछि सो दिनको कार्य समाप्त हुन्छ भने त्यसको भोलिपल्ट पुनः लोकेश्वरलाई दशकर्म पूजा गरिन्छ । दशकर्म पूजा भन्नाले लोकेश्वरलाई केटा र केटीको रुपमा गर्नुपर्ने सम्पूर्ण कर्म विधि गरिने हो । यस पूजामा मचाबू ब्यंके ९न्वारान० जंकु ९अन्नप्राशन० इहि यायेगु, बरे छुइगु ९चुडाकर्म० आदि लोकेश्वरलाई सामुने राखी होम गर्दै सबै पुजारीखलक बसी विधिपिूर्वक पूजा गरिन्छ । यस होम पूजा गर्ने क्रममा सम्पूर्ण नागरुपी प्रतीकको रुपमा तामाको कलशलाई समेत पूजा गर्ने गरिन्छ । पूजा कै क्रममा पुनः वरुणकलशमा रहेको जीवन्यास ९आत्मा० लाई लोकेश्वरमा प्रतिस्थापन गर्ने काम हुन्छ । यो दिनको पूजा सकेपछि भोलिपल्ट सबेरै लोकेश्वरलाई जीस्वां बहालको बाहिर रहेको विद्या गणेशपाटीमा अर्को खटमा राखी सर्वसाधारणको दर्शनको लागि राखिन्छ । सो दिन नै सिथि नखःको मूख्य दिन हुने भएकोले पनि थिमिका सम्पूर्ण स्थानीयवासी नैवद्य सहितको पुजाथालि सहित सिथि द्यःको पूजा गर्न आउने गर्दछ र सोही कारणले पनि यस लोकेश्वरलाई सिथि द्यः वा लोकना द्यःको रुपमा मानिन्दै आएको पाइन्छ । सो दिनभर स्थानीयहरु भजन कृतनमा रमाउँछ भने बेलुकी पुनः लोकेश्वरको खटलाई स्थानीय बाजागाजाका साथमा धुमधामका साथ जात्रा गर्दै पुनः मरुटोल अवस्थिति मन्दिरमै विराजमानको लागि लगिन्छ । त्यहाँ पनि थाकुलि र नकिंले विशेष रुपमा स्वागत गरी लोकेश्वरलाई आफ्नै स्थानमा विराजमान गराइन्छ । यसरी सो वर्षको लागि लोकेश्वरको जात्रा समापन हुने गर्दछ ।

– रेखा शाक्य (राजमति)