गथांमुगः र घण्टाकर्ण एकै होइन

गथांमुगः र घण्टाकर्ण एकै होइन

नेवार समुदायको आज देखी चाड पर्व सुरु भएको छ! हरेक बर्ष गथा: मुग चह्रे: बाट चाड सुरु भएर सिथि:नख को दिन अन्त्य हुन्छ !!!

  • गथामुग: चह्रे: ले रोपाँइ सकेको र नेवार-हरुको चाडपर्वहरु सुरु भएको सँकेत गर्दछ |
  • यस दिन सबैले आ-आफ्नो घर आगन सफा गर्छन र मन्दिर बाट ल्याएको जलले घर भरी छर्किन्छ | यसलाई नेवारी भाषामा “सिन्हां ज्या: ब्यन्केगु:” भनिन्छ |
  • त्यसै गरी बिषेश पुजा गरेर घर बाट भूत भगाइन्छ |
  • साथै टोल-टोल मा “नर्कत” अथवा “छ्वाली” बाट बनाइएको तीन खुत्ते राक्षेस (भूत्) को प्रतिमा बनाइ आगो माथि बाट लगेर खोला सम्म तानेर लगिन्छ र खोलामा जलाएर आउने चलन छ |

 

गथांमुगः र घण्टाकर्ण एकै होइन

गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरीन्छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ । सायद उ भारत, काशीको हुनुपर्छ । त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ ।

परापूर्वकालमा नेपाल मण्डल एक प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो । सबै भूमिमा खेती किसानी गर्न जन संख्या कम भएको कारणले असम्भब प्रायः थियो, त्यो बेला । वर्षभरी राज्यलाई अन्न संकटबाट बचाउन पनि यहाँका किसानहरुले जसरी भए यो काम गर्नु नै पर्दथ्यो । भनिन्छ रोपाँइको बेला घरमा कोही मरे, लाशलाई सुकुलमा बेरी एक कुनामा थन्क्याउँदै सबै परीवार रोपाँइमा नै ब्यस्त भई रहन्थ्यो र रोपाँइ सकी सके पछि मात्र शतगति काजक्रिया गरीन्थ्यो रे । यस रोपाँइ गर्ने कार्यलाई नेपाल भाषामा सिन्हां (मरेर) ज्याः (काम) अर्थात मरी मरीकन गर्नु पर्ने काम भनिन्छ ।

किसानी गर्नु भनेको साधारण काम होईन । यो त एकदमै बलिया बलवानहरुले मात्र गर्न सक्ने काम हो। तर राज्यमा सबै मान्छेहरु बलवान हुंदैनथ्यो यस्तो काम गर्न भूतको साधना गरी मान्छेमा भूत चर्ढाई यो काम फत्ते गर्नु पर्दथ्यो, अनि त्यस्ता मान्छेको सहायताले सिन्हा ज्याः सजिलै गर्न सकीन्थ्यो । सिन्हा ज्याः सकिए पछि यी भूतहरुलाई बर्षभरी खाना खुवाइ पाल्न त असम्भब प्रायः थियो । यसै कारणले भूतलाई श्रावण कृष्ण चतुदशी अर्थात दिल्लागा चह्रे गथांमुगः को दिन तान्त्रोक्तबिधि पूर्वक भगाईन्छ ।

Source: Cultural Madhyapur Thimi

Gathemangal festival in Nepal

Gathemangal festival in Nepal