मध्यपुर थिमीको भैरव नाच सानो परिचय

मध्यपुर थिमीको भैरव नाच सानो परिचय

मध्यपुर थिमीको भैरव नाच सानो परिचय (मध्यपुर थिमीया भैल: प्याख: म्हसिका)

मध्यपुर थिमि ऐतिहासिक एवं सास्कृतिक रुपमा एउटा महत्वपूर्ण नगर हो । महिनै पिछे कही न केही चाडपर्व, जात्राहरु मनाउदै आफ्नो जीवन सभ्य रुपमा अगाडी बदाई रहेका मध्यपुर वासीको जीवनको एउटा अभिन्न अंक नाच पनि हो । प्राचीन काल देखि चल्दै आएको विभिन्न नाच मध्य कति लोभ भए भने कति अझै सम्म जिबन्त रुपमा अगाडी बढिरहेका छन् ।

मध्यपुर थिमिको भैरव नाच, बोडेको निलवराही नाच, नगदेशको महाकाली नाच धेरै नै जन–मानसमा लोकप्रिय छन् ।

यी बाहेक यहा अष्टमातृका प्याखं(नाच), लाखय् प्याखं(नाच), दिपंकरप्याखं, नागचाप्याखं, सलचाप्याखं, म्ह्यखा प्याखं , पुलुकिसिप्याखं आदि नाचहरु विभिन्न उत्सवहरुमा प्रदर्शन गर्दै आईरहेका छन् । यी नाच मध्य भैरव नाच एकदमै महत्वपूर्ण नाच हो । तान्त्रिक बिधिविधान अनुसार निकालिने यो नाच थिमिको लायकुलि दरबार बाट लिकालिन्छ । साथै थिमिका प्रजापति समुदायले पनि यो नाच लाई देखाउदै आईरहेका छन् । प्रजापती समुदायले भैरब नाच निकाल्ने बेलामा चाहिं टोल-टोल बाट पालै-पालै गरी निकालिन्छ । यदि केहि भएर प्रजापति समुदायले यो नाचलाई देखाउन नसकेमा लायकु दरबारबाट अनिवार्य रुपमा निकाल्नु पर्ने नियम छ । साथै यो भैरवनाच मध्यपुर थिमि नगदेशमा पनि छुतै प्रदर्शन गर्दै आई रहेको छ ।

बिगत ४५ बर्ष देखी लायकु दरबार बात निकालिने लायकु भैरव बिबिध कारणले गर्दा सन्चालन हुन सकेको थिएन,जुन २०७२ साल देखी पुन् सन्चालन मा आएको छ। लायकु भैरब सन्चालन हुन नसकेको समयमा यस भैरव नाचलाई मध्यपुर थिमिको प्रजापती समुदायले निरन्तरता दिरहेको थियो र अहिले पनि दिरहेको देख्न पाइन्छ।

किम्बंदन्ति अनुसार परा-पूर्वकालमा थिमीमा भुत,प्रेत हरुले साह्रै दु:ख दिने गर्दथे |अनि तान्त्रीक भैरव साधना गरेर भुत -प्रेत भगाउन सक्ने सुनेर भैरब साधना सम्पन्न गरी तन्त्र बिधिमा नाच बनाएर बिभिन्न क्रोध्रीत मुद्रामा नाच देखाएर भुत्प्रेत भागेर गएको भन्ने धारणा थियो भने कतिले स्वयम भैरब नै प्रकट भएको पनि भनिन्छ ।

भैरव नाच मा ५ जना पात्रहरु हुन्छ्न । १ जना ज्याँपुगचा ,२ जना भैरब र २ जना दाँगी ।

  1. 1) ज्याँपुग हरिसिद्धिको प्रतिरुप हो ।
  2. 2) न्हापा भैल: चण्दिका भैरव को रुपमा लिइन्छ ।
  3. 3) लिपा भैल: बटुक भैरव को रुपमा लिइन्छ ।
  4. 4) न्हापा दाँगी : बालकुमारीको प्रतिरुप हो ।
  5. 5) लिपा दाँगी : महालक्ष्मीको प्रतिरुप हो ।

 

भैरव नाच सापरु:(गाइ-जात्रा) को ४ दिन अगाडी अर्थात द्वादशी देखी पुर्णिमा सम्म मुकुट नलगाइकन नाच सिकाइएको टोल मा(अ:खलय) राती अबेर सम्म नचाइन्छ (लायकु भैरब चाहिँ लायकु दरबार भित्र नचाइन्छ),भने सापरु:(गाइ-जात्रा)को भोली पल्त देखी ४ दिन सम्म मुकुट लगाएर राती अबेर सम्म बिबिन्न टोल्-टोल्,मन्दिर अगाडी नचाइन्छ ।

Source: Cultural Madhyapur Thimi