ठसि जात्रा

  • Thasi, Lalitpur
ठसि जात्रा

विश्वमा नेपाल एक यस्तो देश हो जहाँ दिनहुँ कुनै न कुनै जिल्ला, सहर र कुनै गाउँमा कुनै न कुनै चाडपर्व, मेलापात र जात्राहरु भई नै रहेका हुन्छन् ।
कुनै पनि देशकोसंस्कृति, त्यसको जनजीवन र रहनसहनबारे त्यस देशमा मनाइने विभिन्न चाडपर्व, मेलापात,जात्रा तथा परम्पराहरुले उजागर गरेहको हुन्छ ।

जुन राष्ट्र, जाति र सुमुदायको संस्कृति धनी छ विकसित छ त्यस राष्ट्रमा यस प्रकारका सामाजिक, साँस्कृतिक एवं धार्मिक चाडपर्व, मेलापात, जात्रा र परम्पराहरु प्रशस्त मात्रामा हुने गर्दछन् । नेपालमा प्रत्येक नयाँ वर्षको आगमन सँग सँगै काठमाडौँ उपत्यकाका थुप्रै स्थानहरुमा जात्रापर्वहरुको सुरुवात हुन्छ । काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरु ठिमी, नगडे, बोडे, भक्तपुर, मच्छि गाउँ र टोखा जसमध्ये ललितपुरका विभिन्न गाविसहरुमा मनाइने जात्राहरु पनि हुन् ।

एैतिहासिक, साँस्कृतिक तथा प्राचिन ललितपुरको गाउँहरुमध्ये एक ठसि अर्थात सिद्धिपुर गाविसमा पनि प्रत्येक वर्षको नयाँ वर्षको आगमन सँगै ऐतिहासिक पर्व जात्राको सुरु हुन्छ । चक्रपथ ग्वार्को बाट ३ कि.मी पूर्व र काठमाडण्डौ बाट करीब ७ क.मी दूरीमा रहेको पुरानो यस बस्तीमा चैत मसान्त ( चैत अन्तिम दिन ) बाट जात्रा शुरु भएर बैशाख ४ गते पाँच दिनसम्म जात्रा मनाइन्छ । समाजवाद लाई अंगालेर सहकार्यको भावनालाई अघि सारेर जात्रा पर्व जस्ता मौलिक साँस्कृतिक परम्परालाई सिंगो गाउँका सम्पूर्ण जनजातिहरुलाई समावेश गरी तिनीहरुसँग समन्वय गरी दर्शनधारी, देखि खड्गी पोडे, नेम्कुल, श्रेष्ठ र नापित समेतलाई सहभागि गराई विभिन्न प्रकारका गठीहरु स्थापना गरिएको देखिन्छ । जसले गर्दा यस गाउँको धार्मिक परम्परा चाडपर्व र जात्राहरु बडो धुमधामासँग मनोरञ्जन गरी हालसम्म पनि मनाउँदै आइरहेका छन् ।

Source: visitnepaltv.com