नीलबाराही गण नाच

  • Bode, Madhyapur Thimi
नीलबाराही गण नाच

Neel Barahi Gana Naach, Bode

नीलबाराही गण नाच

मध्यपुर थिमिको बोडेमा प्रत्येक वर्षको भाद्र दितीयदेखि पंचमीसम्म अर्थात गाईजात्राको भोलि पल्टदेखि नीलबाराही नाच नचाइने गरिन्छ । ऐतिहासिक नाचले प्राचिनकालको देवीदेवता नृत्यलाई प्रतिध्वन्धित गर्छ । नाचमा १९ जना देवताहरुको सहभागिता हुन्छ । देवताहरुमा भैरव–१, बाराही–४, कुमारी–४, सिंह–४, द्धारपाल–२ र गणेश–४ जना हुन्छन् । नीलबाराही नाचलाई नेवारीमा नीलबाराही प्याखँ भनिन्छ ।

नीलबाराही नाच तान्त्रिक विधिमा आधारित छ । किंवदन्ती अनुसार नीलबाराही नाचको शुरुवातबारे बोडेमा एउटा कथा प्रचलित छ । कथा अनुसार बोडेका एक कृषक (धों थरको) आफ्नो खेतमा काम गरिरहेको समयमा उनलाई कसैले अपहरण गरेर हालको नीलबाराही मन्दिर रहेको जंगलको एकान्त ठाउँमा लग्यो । नीलबाराही मन्दिर नजिकैको खेत (गंख्यचा) भन्ने ठाउँमा काम गरिरहेको कृषकलाई अपहरण गर्ने नीलबाराही देवता रहेको र कृषकलाई उक्त जंगल रहेको पहाडमा नीलबाराही मन्दिरको स्थापना गर्न र विषेश तान्त्रिक विधिबाट नीलबाराही नाच गण खडा गरी नाच चलाउने विधिको ज्ञान दिई पठाए । नीलबाराहीको आज्ञा पालना गर्दे ती कृषकले गोप्यरुपमा नीलबाराही नाचको गण तयार पारी नाच चलाए । नाचका लागि आवश्यक पर्ने कातिमा  (धातुको माला) धोंहरुको घरमा नै लिन जानु पर्छ । सो माला नाचमा भैरवले लगाउँछन् र नाच सकिएपछि उक्त माला धोंहरुलाई नै फर्कोउनु पर्छ ।

तीन दिन लगातार चल्ने नीलबाराही नाचमा देवताहुनेहरुले कठोर नियमका साथ नाच्नु पर्छ । देवताहुनेहरुले नाच अवधि भर केही खानु हुदैँन । देवताहुनेका परिवारले पनि नाच नसिद्धिए सम्म खानु हुँदैन । प्रत्येक देवताहरुको एक एक जना ज्वकालु (सहयोगी) हुन्छन् । ज्वकालु नाच अवधिमा देवतासँगै रहनु पर्ने र नाच शुरु हुनु भन्दा अगाडि देवतासँगै सुकुन्दाका साथ आउनु पर्छ । ज्वकालुले देवताले भनेको कुरा गरी दिनुपर्नेछ । ज्वकालुले मुकुण्डो ल्याउने राख्न लैजाने, देवतालाई माथि उचाल्ने आदि काम गर्नुपर्छ । सुकुन्दामा बत्ति निभाउनु हुँदैन र यदि सुकुन्दामा बत्ति निभ्यो भने देवता हुनेको पेट दुख्ने, वान्ता आउने आदि हुन्छन् भन्ने कथन छ । केही त्यस्तो भएमा गुरुहरुले मन्त्र गरी निको पारिदिन्छन् । देवताहरुलाई थकाई लागेमा उनीहरु भुइमा बस्न पाइने छैन तर ज्वकालुको काख वा घुँडा माथि केही क्षण बसेर थकाई मार्न सक्छन् । देवता हुनेले बोल्नु हुँदैन । जेसुकै भन्नु परेपनि हात वा इसाराले भन्ने गरिन्छ ।

नाच देवता घरबाट निकाल्ने गरिन्छ । देवता घरमा नासकुटी (नृत्य देवल कोठा) हुन्छ । नासकुटीमा देवताहरुको मुकुण्डो र गरगहनाहरु राख्ने गरिन्छ । नासकुटीमा प्रत्येक दिन भैरवले बिहान–साँझ धुप बत्तीले पूजा गर्छन् । त्यसैले नाचमा भैरवको स्थान विशिष्ट छ । नासकुटीको अगाडि अःखा छ । अःखा भनेको सानो चोक जस्तो हो र यहाँबाट नाच बाहिर निकालिन्छ । नाच बाहिर निकाल्नु अगाडि दादशी देखि पूर्णिमासम्म यहीँ अःखामा नाच सिकाइन्छ । जसलाई नेवारीमा प्याखँ स्यनेगु भनिन्छ । नाच सिकाउँदा भैरव, बाराही र गणेशको उपस्थिति अनिवार्य हुन्छ । नाच सिकाउँदा भुस्या, ताःबाजा बजाउने सधैं आउनु पर्छ भने प्वङ्गाको रुपमा मुखले भन्ने गरिन्छ । नाच शुरु हुनु भन्दा एक दिन अगाडि देवताहरु भोजसगैं सिँ खाने गर्छन । प्रत्येक वर्ष देवताहरुको भोजको पालो फेरिन्छ । भोजको भोलिपल्टबाट नाच बाहिर निकाल्ने गरिन्छ ।

भाद्र दितीयका दिन नाच शुरु हुने पहिलो दिन हो । यस दिन नाच बिहान १ बजे निकाल्ने   गरिन्छ । नाच देवता घरबाट निस्केर लाछिटोल, लायकु, विष्णुघाट, महालक्ष्मीस्थान (भाँगु), नीलबाराहीस्थान (खाँसी) हुँदै लाछिटोल गरी पुनः देवता घर पुगेर त्यस दिनको नाच सकिन्छ । दोस्रो दिन पनि नाच यसरी नै सकिन्छ । यस दिन भने नाच बिहानको ४–५ बजे निकालिन्छ । अन्तिम दिन अर्थात पञ्चमीमा नाच बिहान ६ बजे निकालिन्छ र राती अबेरसम्म चलिरहने छ । यस दिन देवताहरुले सबै मन्दिरमा तीन पटक परिक्रमा गर्छन् । नाचको बाटो भने अघिल्लो दिन सरह नै हुन्छ । बोडेको प्रत्येक घरपरिवारबाट एक दिन दक्षिणा सहित देवता पूजा गर्नुपर्छ ।

नीलबाराही नाच ९० जनाको अनुशासित प्रयासबाट सम्पन्न हुन्छ । ९० जनामा देवताहरु १९ जना, गुरुहरु ६ जना, सहयोगीहरु १९ जना, बाजा बजाउने ९ जना, प्वङ्गा (तामाबाट बनाइएको लामो फुक्ने बाजा) फुक्ने १३ जना, ताः बजाउने १ जना, भुस्याय् बजाउने ४ जना, सुकुन्डा (अगाडि र पछाडि) समाउने २ जना, संधाय् (अन्दाजी २०।२२ फुट लामो बाँस आकारको काठ जसमा झण्डा हालिएको हुन्छ) समाउने १ जना, राजदण्ड समाउने १ जना, भैरवको मूर्ति र खड्ग समाउने १ जना, चिराग समाउने २ जना, तेल ल्याउने लैजाने ४ जना, संयोजक र संयोजककी जहान गरी ६ जना र शहनाई फक्ने २ जना हुन्छन् । नाचमा विभिन्न प्रकारका वाद्य सामग्रीहरुको प्रयोग हुन्छ । बाजाहरुका मादल नै नाइके मानिन्छ । यसलाई नेवारीमा कोटा भनिन्छ । एक पटक कोटा बोके पछि भुईँमा राख्न नपाइने नियम छ किनकि यसमा दैविक शक्ति हुन्छ भन्ने मान्यता छ । यो बाहेक सहायक ४ मादल पनि हुन्छन् । अर्को महत्वपूर्ण बाजा हो ताः (पित्तलको सानो भुस्याय् जस्तो बाजा) । ताः बाजाले नृत्यको थालनी गर्छ । ताः बाजा नभईकन नाच शुरु गरिँदैन । नाचमा भुस्याय ३ जनाले बजाँउछन् । प्वङ्गा बजाउने १४ जना हुन्छन् भने ती मध्य १ जना गुरु हुन्छन् । प्वङ्गा नृत्य अवधिमा प्रमुख धूनहरुमा चाहिन्छ । देवता विदा लिने बेला, नाचको ताल फेर्ने बेला, सिंह देवता उफ्रिने बेलामा प्वङ्गा ज्यादै म महत्वपूर्ण हुन्छ ।

इतिहासमा यस नाचलाई महालक्ष्मी नाच भनेर सम्बोधन गर्ने गरेको पाइन्छ । यस नाचको लागि राजा भूपतिन्द्र मल्लले सिमाखु भन्ने ठाउँको (वसीमाः खेत) ६ रोपनी जग्गा र राजदण्ड (छाती कथि) चढाएको बारे शिलालेखमा उल्लेख गरिएको छ । जसमा श्री नीलबाराही देवता गण उल्लेख गरिएको   छ । (सम्वत् ८३१ को ताम्रपत्र अनुसार) त्यस्तै भद्रकाली गुठी तहसिल अड्डा २०३३ सालको लगत ४२ नंं मा पनि बोडे नीलबाराही नाच गुठी लेखिएको पाइन्छ ।

बोडेको नेवारी समाज र संस्कृतिमा नीलबाराही नाचको महत्वपूर्ण स्थान छ । नीलबाराही नाचले बोडे नगरको छुट्टै पहिचान कायम गरेको छ । नीलबाराही नाच बोडेको सीमित नेवार समुदायको मात्र नभई नेपालकै सांस्कृतिक सम्पदा हो ।

At least three events in the accumulator must have odds of 1.40. eng Τhе bеt іnѕurаnсе іѕ nοt frее, οf сοurѕе, аѕ уοu nееd tο рау fοr іt whіlе уοu рlасе уοur bеt. veb saytiga Make sure that you have replenished the balance to create a deposit. o’yinchilar The 24/7 live chat feature particularly shines, offering real-time guidance at the click of a button. bet