पञ्चदान (जुगा )

  • Kathmandu, Bhaktapur, Lalitpur, Banepa ,Thimi
पञ्चदान (जुगा )

नेवार समुदायको बौद्ध धर्माबलम्वीले मनाउने बिभिन्न बौद्धपर्वहरु मध्ये पन्जराँ अर्थात् पन्चदान पर्व पनि एक प्रमुख पर्व हो । यो पर्व हरेक वर्षको भाद कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा मनाइन्छ | यो पन्जराँ पर्व काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, थिमी र नेवार बौद्ध धर्माबलम्वी भएको बिभिन्न बस्ती हरुमा मनाइन्छ । यो दिनमा बिषेशत: नेपालको बौद्ध परम्परा अनुसार बाहा: र बही (बिहार) मा प्रवर्जित भएका बौद्ध भिक्षुहरु (गृहस्थ भिक्षुहरु) लाई पाँच प्रकारका वस्तुहरु दान गरिन्छ । पाँच प्रकारका बस्तुमा अन्न (चामल, धान, गँहु , जौ आदि ), गेडागुडी , फलफूल , सख्खर पानी (सर्बत) र औषधी पर्दछन् । परम्परागत रुपमा चली आएको यो परम्परा र संस्कृतिअनुसार दान गर्नको लागि विभिन्न बौद्ध देवताहरुको मुर्ति प्रदर्शन गरेर दानशाला बनाएको हुन्छ । त्यस्मा पनि बिषेशत: दीपंकर बुद्धको मुर्तिलाई प्रमुख रुपमा राख्ने गरिन्छ । बौद्धधर्ममा दीपंकर बुद्धलाई बौद्ध धर्मका प्रबर्तक शाक्यमुनि बुद्धलाई भविष्यमा बुद्ध हुनेछ भनेर भविष्यव्याकरण गर्ने बुद्धको रुपमा चिनिन्छन् । त्यसैले वहाँ अतितका बुद्ध हुन् ।

Panchadaan Festival in Nepal

Source: Cultural Madhyapur Thimi