श्री माधव-नारायण स्वस्थानी ब्रतकथा

श्री माधव-नारायण !

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने माधव-नारायण स्वस्थानी ब्रतकथा भोली २०७६/०९/२५,शुक्रबार देखी सुरु हुँदैछ!

यस माधवनारायण स्वस्थानी व्रत साँखु-शालीनदी, भक्तपुर-हनुमानघाट,ललितपुरको ठेचो, मध्यपुर थिमि, बोडे लगायत बिबिन्न नेवार सुमदाय बसोबास रहेको स्थानमा हुने गर्दछ !

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनि विश्वास गरिन्छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । माघ महिनामा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा समाबेस रहेको छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधि अनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । र यसै कथामा आधारित गरेर मध्यपुर थिमि र नगदेश मा पुलुकिसी प्याख: पनि निकालिने गरिन्छ ! यो पुलुकिसी प्याख: थिमिमा भिमा एकादशी को दिन र नगदेशमा द्वादशी को दिन निकालिन्छ !

Source: Cultural Madhyapur Thimi

मध्यपुर थिमीको महाकाली नाच सानो परिचय

मध्यपुर थिमीया महाकाली:प्याख: (मध्यपुर थिमीको महाकाली नाच)—म्हसिका(सानो परिचय)..

मध्यपुर थिमि ऐतिहासिक एवं सास्कृतिक रुपमा एउटा महत्वपूर्ण नगर हो । महिनै पिछे कही न केही चाडपर्व, जात्राहरु मनाउदै आफ्नो जीवन सभ्य रुपमा अगाडी बदाई रहेका मध्यपुर वासीको जीवनको एउटा अभिन्न अंक नाच पनि हो । प्राचीन काल देखि चल्दै आएको विभिन्न नाच मध्य कति लोभ भए भने कति अझै सम्म जिबन्त रुपमा अगाडी बढिरहेका छन् ।

मध्यपुर थिमिको भैरव नाच, बोडेको निलवराही नाच, नगदेशको महाकाली नाच धेरै नै जन–मानसमा लोकप्रिय छन् ।

यी बाहेक यहा अष्टमातृका प्याखं(नाच), लाखय् प्याखं(नाच), दिपंकरप्याखं, नागचाप्याखं, सलचाप्याखं, म्ह्यखा प्याखं , पुलुकिसिप्याखं आदि नाचहरु विभिन्न उत्सवहरुमा प्रदर्शन गर्दै आईरहेका छन् ।

मध्यपुर थिमीको लोकप्रिय नृत्य मध्ये एक महाकाली नृत्य पनि हो। यो “महाकाली महालक्ष्मी” भन्ने हिन्दु पुराणको एउटा कथामा आधारित छ।यसका अनुसार, तीन देवी महाकाली, महालक्ष्मी र कुमारी स्वर्गबाट ​​तल पृथ्वीमा आए र मानव जातिको बीचमा ठूलो दु:ख फैलाउने असुरहरूलाई पराजित गर्‍यो |काठमाडौं उपत्यकाका आठ दिशाहरूको संरक्षण गर्ने र भूत-प्रेतका फरक अनुयायीहरू भएका आठमध्ये तीन देवीदेवताहरू रहस्यमय शक्ति प्राप्त गर्नका लागि चौरासी सिद्धहरूको अभ्यास गरेका थिए।त्यसकारण सर्वशक्तिमान देवीहरूले असुरहरूसँग ठूलो युद्ध गरे र तिनीहरूलाई पराजित गरे जसले पृथ्वीमा शान्ति र सुव्यवस्थालाई स्थिर बनायो।यस नृत्यले प्रेतहरूमाथि विजय पछिको ठूलो खुशी देखाउँदछ।

यो नाच मा १६ जना पात्र हुन्छ ! तीन देवी महाकाली, महालक्ष्मी र कुमारी ! ४ जना बेताल , २ जना भुत भैरव , २ जना माक(बांदर ) , २ जना कवां ( कंकाल ), २ जना ख्यागोरा, १ जना सिहं !!!

यो नृत्य को तीन भाग छ !

यो नाच सापरु: को भोली देखी ४ दिन सम्म बिबिन्न टोल्-टोल्,मन्दिर अगाडी नचाइन्छ । यो नाच लाई थिमि र नगदेश बासी हरुले निरन्तरता दिइरहेको देख्न पाइन्छ ! र यो बर्ष महाकाली नाच नगदेश बाट हुँदै छ !! सबै लाई स्वागत छ !

Source: Cultural Madhyapur Thimi

मध्यपुर थिमीको भैरव नाच सानो परिचय

मध्यपुर थिमीको भैरव नाच सानो परिचय (मध्यपुर थिमीया भैल: प्याख: म्हसिका)

मध्यपुर थिमि ऐतिहासिक एवं सास्कृतिक रुपमा एउटा महत्वपूर्ण नगर हो । महिनै पिछे कही न केही चाडपर्व, जात्राहरु मनाउदै आफ्नो जीवन सभ्य रुपमा अगाडी बदाई रहेका मध्यपुर वासीको जीवनको एउटा अभिन्न अंक नाच पनि हो । प्राचीन काल देखि चल्दै आएको विभिन्न नाच मध्य कति लोभ भए भने कति अझै सम्म जिबन्त रुपमा अगाडी बढिरहेका छन् ।

मध्यपुर थिमिको भैरव नाच, बोडेको निलवराही नाच, नगदेशको महाकाली नाच धेरै नै जन–मानसमा लोकप्रिय छन् ।

यी बाहेक यहा अष्टमातृका प्याखं(नाच), लाखय् प्याखं(नाच), दिपंकरप्याखं, नागचाप्याखं, सलचाप्याखं, म्ह्यखा प्याखं , पुलुकिसिप्याखं आदि नाचहरु विभिन्न उत्सवहरुमा प्रदर्शन गर्दै आईरहेका छन् । यी नाच मध्य भैरव नाच एकदमै महत्वपूर्ण नाच हो । तान्त्रिक बिधिविधान अनुसार निकालिने यो नाच थिमिको लायकुलि दरबार बाट लिकालिन्छ । साथै थिमिका प्रजापति समुदायले पनि यो नाच लाई देखाउदै आईरहेका छन् । प्रजापती समुदायले भैरब नाच निकाल्ने बेलामा चाहिं टोल-टोल बाट पालै-पालै गरी निकालिन्छ । यदि केहि भएर प्रजापति समुदायले यो नाचलाई देखाउन नसकेमा लायकु दरबारबाट अनिवार्य रुपमा निकाल्नु पर्ने नियम छ । साथै यो भैरवनाच मध्यपुर थिमि नगदेशमा पनि छुतै प्रदर्शन गर्दै आई रहेको छ ।

बिगत ४५ बर्ष देखी लायकु दरबार बात निकालिने लायकु भैरव बिबिध कारणले गर्दा सन्चालन हुन सकेको थिएन,जुन २०७२ साल देखी पुन् सन्चालन मा आएको छ। लायकु भैरब सन्चालन हुन नसकेको समयमा यस भैरव नाचलाई मध्यपुर थिमिको प्रजापती समुदायले निरन्तरता दिरहेको थियो र अहिले पनि दिरहेको देख्न पाइन्छ।

किम्बंदन्ति अनुसार परा-पूर्वकालमा थिमीमा भुत,प्रेत हरुले साह्रै दु:ख दिने गर्दथे |अनि तान्त्रीक भैरव साधना गरेर भुत -प्रेत भगाउन सक्ने सुनेर भैरब साधना सम्पन्न गरी तन्त्र बिधिमा नाच बनाएर बिभिन्न क्रोध्रीत मुद्रामा नाच देखाएर भुत्प्रेत भागेर गएको भन्ने धारणा थियो भने कतिले स्वयम भैरब नै प्रकट भएको पनि भनिन्छ ।

भैरव नाच मा ५ जना पात्रहरु हुन्छ्न । १ जना ज्याँपुगचा ,२ जना भैरब र २ जना दाँगी ।

  1. 1) ज्याँपुग हरिसिद्धिको प्रतिरुप हो ।
  2. 2) न्हापा भैल: चण्दिका भैरव को रुपमा लिइन्छ ।
  3. 3) लिपा भैल: बटुक भैरव को रुपमा लिइन्छ ।
  4. 4) न्हापा दाँगी : बालकुमारीको प्रतिरुप हो ।
  5. 5) लिपा दाँगी : महालक्ष्मीको प्रतिरुप हो ।

 

भैरव नाच सापरु:(गाइ-जात्रा) को ४ दिन अगाडी अर्थात द्वादशी देखी पुर्णिमा सम्म मुकुट नलगाइकन नाच सिकाइएको टोल मा(अ:खलय) राती अबेर सम्म नचाइन्छ (लायकु भैरब चाहिँ लायकु दरबार भित्र नचाइन्छ),भने सापरु:(गाइ-जात्रा)को भोली पल्त देखी ४ दिन सम्म मुकुट लगाएर राती अबेर सम्म बिबिन्न टोल्-टोल्,मन्दिर अगाडी नचाइन्छ ।

Source: Cultural Madhyapur Thimi

गुँला पर्ब/गुँला धर्म(1 month long Festival of Newar Community) !!!

गुँला पर्ब/गुँला धर्म(1 month long Festival of Newar Community) !!!

गुँला पर्ब/गुँला धर्म(1 month long Festival of Newar Community)

# गुँला पर्ब/गुँला धर्म(1 month long Festival of Newar Community) !!!• मध्यपुर थिमिमा पनि हरेक बर्ष झै "नेपाल सम्ब्त ११३९ गुलांथ्व पारु" भोली देखी गुँला पर्व(धर्म ) शुरु हुँदै छ । मध्यपुर थिमिको नगदेशमा भनेझै आजै देखी सुरु भएको छ । • “गुँला पर्व” नेपाल सम्ब्ँत को पात्रो अनुसार दँसौ महिना “गुँला” मा पर्छ | • गुँला पर्वमा नेवार समुदायहरुले दान,धर्म गर्ने तथा चैत्य,विहार्,बाहाल जस्ता धर्मिक स्थल हरुमा गई पुजा आजा गर्ने परम्परा छ | • श्रवाण्,भदौ महिना बाढि,पहिरो जाने र झरि पर्ने जस्ता प्राकितिक बिपत्ती आउने हुनाले दान धर्म तथा पुजा आजा गर्ने परम्परा छ | • यो १ महिना भरी नौ वटा पर्व मनाइने भएकै कारण यस पर्वलाई स्थानिय भाषामा गुँला भनिन्छ| • गुँला पर्व शुरु भएकै दिन देखी १ महिना सम्म गुँला:बाजा(धाँ:बाजा) र बाँसुरी बाजा बजाएर नगरमा रहेका बिभिन्न मठ-मन्दिरहरु परिक्रमा गरिन्छ| • नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।• यस पर्वमा एक वर्षभित्र दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास होस् भन्ने कामना गर्दै परिवारजनले एक महिनासम्म बौद्ध विहार तथा चैत्यको परिक्रमा गरी प्रार्थना गर्नुका साथै दुःखीहरूलाई दानदक्षिणा दिएर सेवा गर्ने चलन छ।• मध्यपुर थिमिमा भने यो परम्परालाई “प्रजापती” र “बज्राचार्य” समुदायले निरन्तरता दिदैँ आइरहेको छ | र यो बर्ष देखी केहि दशक पछी थिमिको मानन्धर समुदाय ले पनि फेरी निरन्तरता दिदैँ छ !

Posted by Cultural Madhyapur Thimi on Wednesday, July 31, 2019

Source: Cultural Madhyapur Thimi